रेडियो

 

लिम्बू कथानक नेपाली चलचित्र सुगुप जारी पछि हङकङमा अहिलेसम्मकै दोस्रो दर्शकको मन सफल भई अपार सफलता पछि ।

रत्न होटल कोटेश्वरमा पत्रकार समेलन गर्दै काठमाण्डौमा Premiere Show यहि मिति २०८० फागुन १२ र १७ गते Big Movies City Centre काठमाण्डौमा हुने चलचित्रका निर्देशन लोकेन साँबा लिम्बूले जानकारी दिनु भएकोछ ।

प्रेस विज्ञप्ति

चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार संस्कृति सर्द्धन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र सुगुप आगामी फागनु १२ गते शनिबार र फागुन १७ गते विहीबार किराँत याक्थुङ चुम्लुङ उपत्यका समिति काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयड, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा प्रमियर शो हुने बारेमा जानकारी सभामा उपस्थित समस्त काठमाडौं उपत्कावासी, मिडिया हाउस र यसको प्रतिनिधिहरु, उपत्यकामा रहनुभएको सम्पूर्ण याक्थुङ सयडहरु तथा यस सभामा उपस्थित महानुभावहरु र बिभिन्न सन्जालको माध्यमबाट लाईभ संसार भर हेरिरहनु भएका सबैलाई सेवारो ! सुगुप के हो ?

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी व्याधाको कारण ज्यूँदो या मृoत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण र0गत बगेर मृ0त्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृ0त्युवरण गरेकी महिलालाई गरिने मृ0त्यु संस्कार सामान्य मृ0त्युमा गरिने संस्कारभन्दा अलग हुन्छ सुगुप भएको महिलाको मृ0त्यु संस्कार गर्न येवा (बिजुवा) हरुको महत्वपूर्ण भूमिका रहन्छ ।

कलाकारहरुः प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आडयो, एम के योडहाड, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्वो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ। गीतकारः यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ, पास्व/संगीतः अशोक लोहरुङ राई, स्वरः राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बु, पटकथाः देवेन्द्र खापुङ (सुरकेली), छायाङ्कनः युवराज राई ( बीरवहादुर), सम्पादनः विपिन्न मल्ल, कलरिष्टः रेनिस फागो, प्रस्तुतकर्ता तथा मुख्य निर्माताः रविन कुमार नाल्बो लिम्बु लिम्बु, निर्माताः शैलेन्द्र कुमार नाल्वो, दिलमाया लाबुङ नाल्बो, सह-निर्माताः एल.पी. साँबा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद मावो, नृत्य निर्देशकः कमल राई, द्वन्द निर्देशनः किशोर सम्बाहाङ्फे, कला निर्देशनः निश्चल कुलुङ राई, मेकअपः विजय लामा, सञ्जु थलङ, भेषभुषाः बबिता नयोङहाङ, लिम्बु-नेपाली सबटाईटलः डि.वि. आडवुड, पब्लिसिटी डिजाईनरः टौवा क्रिएशन, सुदामा डिजाईनिङ, अंग्रेजी सबटाईटलः गौतमराज खड्का, सुटिङ स्थलः भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याड्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको कथा/निर्माता/निर्देशनः लोकेन साँबा लिम्बु रहेको छ। सुगुप चलचित्र निर्माण परिवारको तर्फबाट सम्पूर्ण प्रदर्शनपछि आय व्यायको मुनाफा रकम लिम्बु समूदायको जेन्हदार विद्यार्थी र गरिब दुःखीलाई उचित रकम प्रदान गरिनेछ । यसै प्रेस विज्ञप्तीलाई आधार मानेर सम्पूर्ण महानुभावज्यूहरु चलचित्र हेर्न आई दिनुहुन सुगुप चलचित्र निर्माण परिवार बाट हार्दिक अनुरोध गर्नु भएको थियो ।

 

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu