जाति मुन्धुम र ईतिहास सँग नजोडी आम सचेत नेपाली नागरिकको आँखा बाट पाथिभरा (मुकुङलुङ) लाई एक पल्ट हेरौं ।
पाथिभरा (मुकुङलुङ) केवलकार बनियो भने ताप्लेजुङ जिल्लाको विकासको मूल फुट्छ भनेर भन्नु भनेको भाबि सन्ततिहरुको लागि अभिसाब मात्र हो ।
बिकसित र औद्योगिक राष्टहरुको कारणले विश्व जलवायु परिवर्तनमा असरले नेपाल पनि अछुत्तो रहन सक्दैन त्यसैले नेपालले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट वित्तीय सहयोग लिएर जलवायु परिवर्तनसँग जुध्न विभिन्न परियोजनाहरू द्विपक्षीय र बहुपक्षीय मिलेर जलवायु परिवर्तनका पर्यावरण: वातावरणीय संरक्षण र दिगो विकासमा लगानी गरेर प्रदूषण नियन्त्रण, प्राकृतिक सम्पदाको संरक्षण, तथा हरित ऊर्जा स्रोतको विकासको लागि कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
पाथिभरा (मुकुङलुङ) क्षेत्र लालिगुरास अन्य विभिन्न वनस्पति र जीवजन्तुहरुको लागि पनि प्रख्यात छ । यो क्षेत्र जैबिक विविधता र वनस्पति मात्र नभई प्राकृतिक सौन्दर्य र सांस्कृतिक धार्मिक रुपमा पनि महत्वपूर्ण स्थल हो त्यसैले संरक्षण र प्रबर्द्धन आवश्यक छ ताकि आगामी पुस्ताहरुले पनि यसको सुन्दरता र महत्त्व अनुभव गर्न सकून् ।
पाथिभरा (मुकुङलुङ) केवलकार सन्दर्भ: संक्षिप्तमा सकारात्मक नकारात्मक पक्षहरु:-
सकारात्मक:- नेपाल जस्तो अविकसित या बिकास उन्मुख देशको लागि केवलकार बिकासको एक आयाम पक्कै पनि थपिन्छ र केही स्थानीयहरुले रोजगार पाउनेमा शंका छैन ।
अहिले जतिले तिर्थालु भक्त्तजनले माता पाथिभरा (मुकुङलुङ) दर्शन गर्छन क्रमशः ५ देखि १० बर्ष भक्त्तजनहरुको संख्या अवस्य तिन चार गुणाले बढ्नेछ साथै समय पनि बच्नेछ र कुल दर्शनार्थीको १० देखि १५% ले जिल्लाको अन्य प्रमुख पर्यटकीयस्थलहरुमा समय खर्च गर्नेछन र आम जिल्लाबासी हरुको ब्यापार व्यावसाय आय आर्जनमा वृद्धि स्वाभाविक रुपमा बढ्नेछ ।
नकारात्मक:- प्राकृतिक जङ्गलहरु विभिन्न प्रकारका वनस्पति र जन्तुहरुको आवास हो सयौं हजारौं बर्षमा पनि बोट बिरुवा विभिन्न वनस्पति जुन अहिलेको अवस्थामा बनाउन सकिंदैन सम्भब छैन र बिश्वमै लोपउन्मुख हुन् लागेका जीवजन्तुहरुको आवास भनेको नै प्राकृतिक जङ्गल हो यिनीहरुलाई संरक्षण र प्रबर्द्धन गर्न सचेत नागरिकहरुको जिम्मेवारी हो ।
बिकासको नाममा आधुनिकीकरणले धार्मिक आस्था र सामाजिक बिश्वास घट्नेछ केही बर्ष सम्म दर्शनार्थीहरुको संख्या बढेता पनि केहि बर्ष पछी रास (ह्रास) आउनेछ र धार्मिक स्थलको ठाउँमा Dating Sports Romance गर्ने ठाउँमा परिणत हुनेछ आम आस्था र बिश्वास गुम्नेछ ।
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter