रेडियो

मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु र कथा, निर्देशनः लोकेन साँबा लिम्बु रहेको चलचित्र सुगुप ले चौथो आदिबासि जनजाति चलचित्र महोत्सब २०८१ राष्ट्रिय सभागृहमा ३ दिन सम्म चलेको  महोत्सब चलचित्र “SUGUP” लाइ पब्लिक चोवाइज अवार्ड सहित ४ वटा विधामा अवार्ड जित्न सफल ।

चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार संस्कृति सम्द्र्वन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र  सुगुप चलचित्र निर्माण परिवार दाबि रहेकोछ लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृ: त्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृ: त्यु संस्कार सामान्य मृ: त्युमा गरिने संस्कारभन्दा अलग हुन्छ सुगुप भएको महिलाको मृ: त्यु संस्कार गर्न येबा (बिजुवा) धामी फेदाङमाहरुको महत्वपूर्ण भूमिका रहन्छ ।

कलाकारहरुः प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ,  सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम के योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला सैलेन्द कुमार नाल्बो रबिन इन्द्र सेर्पा कालाकारहरुको अभिनय रहेको छ । गीतकारः यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ रिता फोम्बो ठुलि रित ÷संगीतः अशोक लोहरुङ राई, स्वरः राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बु, पटकथाः देवेन्द्र खापुङ छायाङ्कनः युवराज राई (वीरबहादुर), सम्पादनः विपिन्न मल्ल, कलरिष्टः रेनिस फागो साउण सुनयमान सेर्स्ट प्रस्तुतकर्ता तथा मुख्य निर्माताः रबिन कुमार नाल्बो लिम्बु, निर्माताः शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माताः एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशकः कमल राई, द्वन्द निर्देशनः किशोर सम्बाहाङ्फे, कला निर्देशनः निश्चल कुलुङ राई, मेकअपः विजय लामा, सञ्जु थलङ, भेस भुसा युनिक कृयसन लिम्बु–नेपाली सबटाईटलः डि.बि.आङबुङ, पब्लिसिटी डिजाईनरः टौवा क्रिएशन, सुदामा डिजाईनिङ, अंग्रेजी सबटाईटलः गौतमराज खड्का, सुटिङ स्थलः भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको कथा तथा निर्देशनः लोकेन साँबा लिम्बु रहेको छ ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu