२९ वर्षपछि पुनः युवामेला “फङफङ्देन मेला” को अवतार मंसिर ७ देखि १० गते सम्म फङफङ्देन मेला लाग्ने ।
ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ४, साविक साँबा गाविसको तेम्बामा २९ वर्षपछि पुनः फङफङ्देन मेला आयोजना हुन गइरहेको छ, २०४७ सालमा स्थानीय अग्रजहरूको पहलमा मंसिर २ देखि ४ गतेसम्म युवा मेला आयोजना गरेर पाथिभरा “मुक्कुमलुङ” देखि जिल्लाकै दोस्रो ठूलो धार्मिक आस्थाको केन्द्र फङफङ्देन देवी र एशियाकै सर्बाधिक आकर्षक फङफङ्देन झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको सुरुवात भएको थियो तर विभिन्न उतारचढाव र द्वन्द्वका कारण २०५२ सालमा यो मेला बन्द भएको थियो, अहिले स्थानीय युवाहरूको सक्रियता, बिजय साँबाको अध्यक्षता र मिक्वाखोला गाउँपालिकाको सहयोगमा यो मेला पुनः सुरु गर्न लागिएको अध्यक्ष बिजय साँबा ज्युले जानकारी दिए अनुसार यही २०८१ मंसिर ७ देखि १० गतेसम्म चल्ने मेलामा खेलकुद प्रतियोगिता समेत हुने भएकोछ, जसमा विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, र प्रमाणपत्र प्रदान हुनेछ । पुरुषतर्फ बिजेतालाई रु १,११,१११/- रुपैया, उपविजेतालाई रु ६१,१११/- रुपैया र महिलातर्फ बिजेतालाई रु ५५,१११/- रुपैया तथा उपविजेतालाई रु ३१,१११/- रुपैया नगद पुरस्कार पाउनेनेछन ।
फङफङ्देन मेला अवलोकनका कारणहरू:
फङफङ्देन मेलामा कसरी पुग्ने: मिक्वाखोला गाउँपालिका केन्द्र थलङ अन्तर्गत वडा नं. ४ (साबिक साँबा गाबिस वडा न.२) मा पर्दछ, जुन संघीय राजधानी काठमाडौंबाट लगभग ७०० किलोमिटर उत्तरपूर्वमा, प्रदेश नं. १ ताप्लेजुङ जिल्लामा अवस्थित छ, यहाँ पुग्न मेची राजमार्ग हुँदै ताप्लेजुङको बाहनन्देबाट ३७ किलोमिटर अथवा सदरमुकामबाट ४० किलोमिटरको पहुँच सडकमार्ग प्रयोग गर्न सकिन्छ। हवाई मार्गतर्फ, काठमाडौंबाट सिधै सुकुटार विमानस्थल हुँदै ताप्लेजुङ बजारबाट यहाँ जान सकिन्छ। सडक यातायातका लागि विराटनगर, धरान, भेडेटार, मुलघाट हुँदै तमोर करिडोर र विर्तामोड, चारआली, इलाम, पाँचथर, काबेली हुँदै बाहनन्देबाट फङफङ्देन मेला स्थल पुग्न सकिन्छ ।
श्रोत: बिजय साँबा
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter