ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थल सम्भवत: २०४१/४२ सालतिर सम्पन्न भएको हो ४ दशक लामो ईतिहास बोकेको यस विमानस्थलको स्तरोन्नति, धावनमार्गको विस्तार, र कालोपत्रे समेत सम्पन्न भइसकेको छ।
नेपालको पर्यटनको हिसाबले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा, धार्मिक दृष्टिकोणले पाथीभरा माताको मन्दिर (मुकुम्लुङ्म माङ), र भौगोलिक हिसाबले अति दुर्गम स्थानसँगै राष्ट्रियस्तरका नेताहरू जन्मेको यो जिल्लालाई नेपाल वायुसेवाले सधैं उपेक्षा गर्दै आएको देखिन्छ।
यस विषयमा नेता तथा जननिर्वाचित प्रतिनिधिहरूले ध्यानाकर्षण गराउन नसकेको हो ? कि नेता र जनप्रतिनिधिहरू छैनन् ? न ! प्लेनको टुंगो छ, न फ्लाइटको नियमितता ! कि सरकारले यस क्षेत्रको महत्त्वलाई बेवास्ता गरेको हो ?
कि ! सचेत ताप्लेजुङ्गे नागरिकहरूको आवाज नै उठ्न नसकेको हो ?
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter