रेडियो

ताप्लेजुङ जिल्ला संघीय निर्वाचन क्षेत्र १ र प्रदेश सभा निर्वाचन क्षेत्र २ रहेको जिल्ला हो, मुकुम्लुङ/पाथीभरा सम्बन्धी विषयलाई लिएर राज्य सरकारको सुरक्षा संयन्त्रलाई दुरुपयोग गर्दै जिल्लामा हिंसात्मक गतिविधि भई जनतालाई आतङ्कित बनाइएकोछ राज्य सरकारको सुरक्षा संयन्त्रलाई दुरुपयोग गरि मध्य रातमा घर-घरमा गई कुटपिट गर्दै जनता माथि आतंक मच्चाई  गम्भीर अवस्था सिर्जना भईराख्दा तपाईको भूमिका के ? कर्फ्यु र निषेधाज्ञा कति दिन गर्नु हुन्छ ?
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बनेको यस घटनामा जिल्लाका एकमात्र निर्वाचित सांसदले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा, उल्टै निजी कम्पनीका प्रवक्ता जस्तै व्यवहार देखाउनु गम्भीर आपत्तिको विषय हो ।

 

ताप्लेजुङका ९९% जनता केवलकारको पक्षमा छन् भन्ने दाबी गर्दै सञ्चारमाध्यममा प्रचार गर्नुको आधार के हो ? यदि यो तथ्यांक सत्य हो भने, हामी आत्मालोचना गर्न तयार छौं, र बाँकी १% विपक्षी समेत तपाईंकै पक्षमा उभिएर १००% समर्थन गर्न तयार छौं तर यदि यो तथ्यांक असत्य साबित भएमा, तपाईंले जिल्ला मात्र होइन, देश नै छोड्नुपर्छ, किनभने स्थानीयबासीहरुहो भावना बिपरित गलत प्रचारबाजी गम्भीर अपराध हो ।

 

सांसदको कर्तव्य समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्नु हो, आन्दोलनरत पक्षलाई उत्तेजित बनाउनु होइन तर तपाईं ठेकेदार र लगानीकर्ताको निजी प्रवक्ता जस्तै एकपक्षीय लागेर, “बिपक्षनै छैन” झैँ गर्दै हाम्रो आस्था, विश्वास र परम्परामाथि चोट पुर्‍याउने प्रवृत्तिमा हुनुहुन्छ, जुन निन्दनीय छ ।

 

आफ्नो निर्वाचन क्षेत्र तथा गृह जिल्ला बाहिर काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बागलुङका व्यापारीको प्रवक्ता बन्नु सांसदको भूमिका हो ? ताप्लेजुङकै जनता आफ्नै ऐतिहासिक सभ्यता बोकेको मुन्धुमी स्थल जोगाउन आवाज उठाउँदा बाहिरिया हुनु पर्ने ?

 

यदि सांसदको भूमिका निर्वाह गर्न सकिँदैन भने, तत्काल राजीनामा दिनुहोस् तपाईँ ठेकेदार वा लगानीकर्ता भएर आउन सक्नुहुन्छ, हामी राज्यको नीति अनुसार नयाँ जनप्रतिनिधि चयन गर्नेछौं, राष्ट्रिय राजनीति तपाई जति नबुझे पनि स्थानीय आम ताप्लेजुङबासीले आफ्नो भूगोल र भावना बुझ्ने नेतृत्व चयन गर्नेछन् ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu