सुन्दै अचम्म ३,५००/- घरपरिवारको एउटै “घर” सभ्यताको मुलघर तुङदुङगे सम्माङ र लिङथाङयकलाई माङगेना यक मान्ने सम्पूर्ण साँबा बंशहरुको साझा संगठन “साँबा मिङस्रा सङजुम्भो” र “माङगेना यकहिम सेवा समाजको” सहकार्यमा ताप्लेजुङ जिल्ला साबिक साँबा गा.बि.स.वडा न.९ हाल मिक्वाखोला गाउँ-पालिका वाड न.४ लिङथाङयकमा निर्माणाधिन हिम साँबा बंशहरुको सामुहिक हिम (घर) हो सम्पूर्ण साँबा बंशहरुको पुर्खा एउटै थिए र एउटै पुर्खाका सन्तान हौ त्यसैले विश्व भरमा अनुमानित ३,५००/-घरधुरी जति छरिएर बसेका साँबा बंशहरुको ऐतिहासिक संस्कृतिक पहिचान पनि एउटै हो अति महत्वपूर्ण थातथल्लोहरु पनि एउटै हो र हौ भनेर सम्पूर्णलाई यस सन्देश मार्फत सबैलाई जानकारी गराउदै यस माङगेना यकहिम निर्माण सम्पन्न गर्न रकमको खाँचो भएकोले “साँबा मिङस्रा सङजुम्भो” र “माङगेना यकहिम सेवा समाजको” संयुक्त आर्थिक सहयोगको लागि हार्दिक अपिल पनि गर्दछौ ।
सहयोग दाताहरुलाई जानकारी:-
१, रु २५००/-देखि माथि सहयोग दाताको नाम, ठेगाना शिलालेखमा अभिलेख राख्ने ।
२, रु १००००/-देखि माथि सहयोग दाताको तिन पुस्ते नाम, ठेगाना र श्रीमान्/श्रीमतीको नाम समेत उल्लेख गरि शिलालेखमा अभिलेख राख्ने ।
३, रु २५०००/-देखि माथि सहयोग दाताको तिन पुस्ते नाम, ठेगाना र श्रीमान्/श्रीमतीको नाम समेत उल्लेख गरि शिलालेखमा अभिलेख राखिन्नुको साथै ताम्र-पत्र प्रदान गरिन्नेछ ।
४, रु ५००००/-देखि माथि सहयोग दाताको तिन पुस्ते नाम, ठेगाना र फोटो सहितको शिलालेखमा अभिलेख राखिन्नुको साथै ताम्र-पत्र प्रदान गरिन्नेछ ।
साथै निम्न शिर्षकहरुको लागि पनि सौजन्यको खोजीमा:-
१, माङगेना यकहिमको ढुंगाको छाना (अनुमानित लागत ३ लाख ५० हजार देखि ४ लाख ५० हजार सम्मको)
२, स्वागत गेट सुचना पोर्ट सहितको (अनुमानित लागत ३ लाख ५० हजार देखि ४ लाख ५० हजार सम्मको)
३, सिलाम साक्मा माङगेना हिमको गजुर (अनुमानित लागत १५ हजार देखि २५ हजार सम्मको)
४, किचन घर (अनुमानित लागत ३ लाख ५० हजार देखि ४ लाख ५० हजार सम्मको)
५, साँबा स्मारक पार्क जग्गा (अनुमानित लागत १० लाख देखि १५ लाख सम्मको)
नोट:- सौजन्य शिर्षकको आधिकारिक छलफल र आचारसंहिता बनाउनु बाँकी रहेको र अर्को पल्ट आधिकारिक निर्णय र आचारसंहिता बनिसके पछि जानकारी गरईनेछ ।
“माङगेना यकहिम सेवा समाजको” सम्पर्क “साँबा मिङस्रा सङजुम्भो”