पृष्ठभूमि
नेपालको सुदुर पूर्र्वी जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वाड नं. ४ अन्तर्गत साविक साँबा र पापुङ गा.वि.स को भू–भाग साँबा बंशहरुको आदिम थातथलो हो । पुर्वमा ताङवारा (सेम्सेम्मा) पस्चिममा सिवाखोला उत्तरमा पेवाकोक्मा दक्षिणमा खेङजुवा खोलाको विचको भू–भाग परापूर्वकाल देखि साँबा वंश÷पुर्खाहरुको किपट थियो । साँबाहरुको बंश र इतिहास खोजी जारी रहे पनि मुलत साँबा बंश भित्र चङवाङ साँबा, लुङहिम साबाँ ,फेयङ साँबा, मिक्केङदाङ साँबा, मादेन साँबा ,मदेन्छङ साँबा, फेन्छङवा साँबा, कोइदाङबा साँबा, तङदप्पा साँबा र लेक्वा साँबा पर्दछन । लिम्बुवानका लिम्बुहरुले आफ्नो शिर उच्च राख्न् माङगेन्ना गर्ने विशिष्ट सास्कृतिक÷धार्मिक परमपरा छ । यो परमपरा साँबा बंशहरुमा पनि छ । सम्र्पुण साँबा बंशहरुको माङगेन्ना यक लिङथाङमा यक हो । माङगेन्ना यक संगै धार्मिक अनुष्ठानको गर्नेतुङदुङगे साम्माङको पुजा गरिन्छ । साँबाहरुको पुर्खासंग जोडिएका पौराणिक कथा ,किम्बदन्ति÷प्राचिन लोक सास्कृतिक र धार्मिक सम्पदाहरु नै साँबा बंशहरुको पुख्र्यौलि लोक सम्पति हुन ।
साँबाको लिङथाङमा यकलाई माङगेन्ना यक मान्ने र तुङदुङगे सम्माङको अनुष्ठान गर्नेे साँबाहरुले आफ्नो बंश र पुर्खासंग जोडिएका प्राचिन लोक सास्कृतिक सम्पदाहरुलाई संरक्षण र सम्वर्धन गर्ने उद्घेश्यले मिति २०७५ साउन १९ गते धरानको चुम्लुङहिममा सम्पन्न सम्पूर्ण साँबा बंशहरुको एैतिहासिक प्रथम राष्ट्रिय सम्मेलनले तात्कालिन साँवा सेवा समाजको उपत्यका संयोजक श्री पूर्णहाङ मदेन्छङ साँबा ज्यू,को अध्यक्षतामा “साँबा मिङस्रा सङचुम्भो”केन्द्रीय कार्य समिति स्थापना भएको सर्वविदितै छ । अत देश विदेशमा रहनुभएका सम्पुर्ण साँबा बंशहरुलाई यो छाता संगठान “साँबा मिङस्रा सङचुम्भो”मा आवद्घ हुन हार्दिक आह्वान पनि गर्दछौ साथै साँबा गाउको चार किल्ला भित्र वा बाहिर बंशसंग सम्बन्धित अन्य प्राचिन सम्पदाहरुको खोज, अध्ययन , संरक्षण र सम्बर्धन गर्ने दायीत्व “साँबा मिङस्रा सङचुम्भो” को काँधमा आएकोले निम्न बमोजिमको योजना र प्रस्तावनाहरु पेश गर्दछौ ।
१. लिङथाङमा यक ः सम्पूर्ण साँबा बंशहरुको माङगेन्ना यक लिङथाङमा यक हो । यो मिक्वाखोला गाउपालिका (साविक साँबा) वाड नं. ४ मा पर्दछ । । माङगेन्ना यक बंश एकताको केन्द्र विन्दु हो । फेदाङमाहरुले साँबाहरुको माङगेन्ना गर्दा मुन्धुममा लिङथाङमा यक जोडनै पर्ने हुन्छ यदि जोडिएन भने साँबा थरको माङगेन्ना हुदैन । मिति २०७३ सालमा साँबामा श्री नरेन्द्र चङवाङ साँबाको अध्यक्षतामा २१ सदस्यीय स्थानिय माङगेन्ना यक हिम निर्माण समिति गठन भएको छ । उक्त समितिको सकृयतामा मिक्वाखोला गाउँपालिकाको सहयोग र स्थानिय श्रमदानमा माङगेन्ना यक हिमको निर्माण हाल तिब्रगतिमा भइरहेको छ । निर्माणधिन यक हिमको निर्माण सम्पन्न गर्न साँबा दाजुभाइ÷चेलिबेटि अथवा तन,मन र धन हुने दानवीर महानुभावहरु समक्ष आर्थिक÷भौतिक स्वइच्छाले सहयोग गरि दिन चित्र सहितको यो प्रस्तावना पेश गर्दछौ । चित्र नं. १.
क) यक हिमको कम्पाउण्ड बनाउन अनुमानित रु २५०,०००÷ देखि ३००,०००÷सम्म
ख) ढुङ्गाको छाना लगाउन अनुमानित रु ५०००००÷ देखि ५५०,०००÷
ग) सिलाम साक्मा खिया नलाग्ने अनुमानित रु ३५,०००÷ रु ५०,०००÷
घ) माङ.गेन्ना यक हिम वरिपरिको पहिलो रिङ वाल र दास्रो रिङवाल लगाउन अनुमानित रकम रु.३५००००
ङ) काशको थाल, लोहोटा, बटुका,गाग्री खरिद गर्न परेमा अनुमानित रु ………
च) तत्काल जग्गा खरिद अनुमानित रु. ८००००० (आठ लाख मात्र ) २५ रोपनी सम्म पुर्याउन अरु अनुमानित रकम रु २०,००,०००÷ (तिस लाख मात्र)
छ) शिलालेख लेखन अनुमानित रकम
ज) प्रशंसा पत्र, कदर पत्र, सम्मान पत्र अनुमानित
नोट ः दाताहरुले आनो नाममा, आमा बुवाको नाममा वा पुर्खाहरुको नाममा संझनाको लागी दान स्वरुप जग्गा ÷भौतिक÷ आर्थिक सहयोग गर्न सक्नुहुने छ ।
२. हाङचुम्भ्रुङ ः हाङहरुको बैठक बस्ने स्थान हाङचुम्भ्रुङ हो । हाङचुम्ब्रुङ तुङदुङगे साम्माङ अनुष्ठानको अभिन्न अंग हो । हाङचुम्भ्रूङ नाम किन राखियो ? यसको खोज र अध्ययन गर्नु आवस्यक छ । हाङहरु हाङचुम्लुङमा किन बैठक बस्थे? यसको सहि उत्तर त काङसोरे, सिपा र फक्तेसंग थियो होला । साँबा बंशका राजाहरुको न्याय निसाफ गर्ने, निति नियम वनाउने , रणनिति तयार गरि राजनितिक निर्णय लिने सुरक्षित स्थान हाङचुम्भ्रुङ हो । हाङचुम्ब्रुङ साँबा यतरका सबै लिम्बुहरु अर्थात लिम्बुवानको एतिहासिक सम्पति हो । हाङचुम्भ्रुङ समग्र्र लिम्बुवानकै राजनैति र रणनिति तयार गर्ने सुरक्षित स्थान थियोे की भन्ने अनुमान गर्न सकिन्छ । अत्यन्तै जीर्ण अवस्थामा रहेको हाङचुम्ब्रुङलाई संरक्षण र संवर्धन गर्नु सम्पूर्ण साँबा बंश र लिम्बु जन्य संधसस्थाहरुको दायीत्व हो । हाङचुम्लुङको वर्तमान स्वरुपलाइ यथावत राखि साबाहरुको ÷साँबा मिङस्रा सङ्चुम्भोको बैठक ( चुम्लुङ ) बस्ने बनाउने योजना रहेको छ । चित्र नं. २.
३. इम्फोम्मादेन÷साम्सिङगोमा÷तुङदुङगे साम्माङ ः साबाको हाङचुम्लुङमा साँबाहरुको बैठक वसिरहेको बेला चार चौरास घुमि हिड्ने बाह्रकोकामाङ (तुङदुङगे साम्माङ) इम्फोम्मादेनमा आएर बोलाउदा साँबा बंशका मादेन साँबा पहिले बोलेको किम्बदन्ती छ । बाह्रकोकामाङ (तुङदुङगे साम्माङ )ले तिमिहरुले तुङदुङगे साम्माङको पुजा गर्नु तिमिहरुलाई शान्ति मिल्छ हाँकेको ताकेको पुग्छ, धनसम्पति मिल्छ, माङवा हाङवा मिल्छ, तिमिहरु सारा संसार फैलिन्छौ भनेर उपदेश दिदै के ( च्याब्रुङ ), तिम्मक( बन्दुक ), थक्चेप्फे ( तरवार ), निसा (रातो सेता तुल) , नेप्खे (टोटोलाको फुल),खि ( राता,सेतो, पहेलो, ), कालो सेतो तोर्मा साम्सिङ, मुक्तुको सर्दमहरु तयार गरेर ३ बर्ष पालेको बोकाले तिन तिन वर्षमा पुजा गर्नु भन्ने उपदेश दिएर बाह्रकोका माङ अलप जलप हुदै गएको किम्बदन्ती छ । त्यसैले तुङदुङगे साम्माङ साँबा बंशहरुको देउता पनि भनिन्छ । यो देउता सरेर जाने भएकोले अधिकांश लिम्बुहरुले पनि यसको पुजा गर्ने गर्दछन । गैह्र साँबाहरुमा पनि यसको पुजा गर्ने चलन भएकोले सबै भक्तजनहरुको सामुहिक हितको लागी तिन तिन वर्षमा तुङदुङगे साम्माङको बृहत अनुष्ठान गरिनेछ । तुङदुङगे थान्छिङमा गरेको एतिहासिक ठाउलाई साबा तुङदुङगे चोलुङ को रुपमा संरक्षण, प्रवद्र्घन र सम्वर्धन गरिनेछ । चित्र नं. ३.
४.फङफङदेन वाधाम (झरना) र देवि ः मिक्वाखोला गाउँपालिका वाड नं. ४, साविक साँबा गाउँमा रहेको फङफङदेन झरना प्राकृतिक सौदर्यले आकर्षक स्वर्गको टुक्रा झै आकर्षक छ । अत्यन्तै रमणीय र सुन्दर यो झरनालाई नेपाल सरकारले पर्यटनको १०० गन्तव्य भित्र सुचिकृत गरेर साँबा बंशहरुको शिर उच्च पारिदिएको छ । फङफङदेन झरनाको पश्चिम फेदिमा साँबा पुर्खाले फङफङदेनमा दैविशक्ति उत्पति गराएर निर्माण गरेको मन्दिरको पुन निर्माण र संरक्षण गर्नु झनै आवश्क छ । मन्दिरको पुन निर्माण गर्दा याक्थुङ परिवेषको मन्दिर झल्किनु पर्दछ । चित्र नं. ४.
५.निसान (राजदन्ड ) ः साँबा गाउको तुम्भङवा मन्दिर छेउमा श्री………… मादेन साँबाले संरक्षणमा रहेकोे राजदण्डलाई माङगेन्ना यक को कम्पाउण्ड भित्र संरक्षण गर्नु पर्दछ । यो राजदण्डको बारेमा थप खोज अध्ययन गर्न सके साँबा बंश र लिम्बुवानको अरु थप इतिहास प्राप्त हुन सक्ने अनुमान छ । यो राजदण्डलाई उपयुक्त समय र परिस्थिति मिलाएर प्रत्येक तिन तिन वर्षमा (तिन दिने तुङदुङगे मेला) तुङदुङगे सम्माङको बृहत अनुष्ठान संगै प्रर्दशन गरिने छ । चित्र नंं. ५
६.अन्य सम्पदाहरु ः साँबा बंशसंग जोडिएको सम्पदाहरु जस्तै साःथी फुक्कु , यक्चेल्लेङ, तङदतलम्बा लगायत शुसुप्त रुपमा अन्य सम्पदाहरु रहेको अनुमान गरिएको छ जसको योजनावद्घ खोज तथा अनुसन्धान गरि संरक्षण गरिने छ । .
७. साँबा स्वागत (प्रवेश )द्घार ः नेपाल सरकारले फङफङदेन झरना लाई पर्यटकीय क्षेत्र घोषणा गरिसकेको अवस्थामा फङफङदेन क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई स्वागतार्थ साँबा बंशहरुको पहिचान खुल्ने गरिे आकर्षक स्वागतद्घार तत्काल निर्माण गरिने छ । चित्र नं.६
८. बंश खोज अभिलेखिकरण तथा वृत्त चित्र निर्माण ः साँबा वंशहरुको बंशावलि ,इतिहास, उपथरहरुको उत्पति , पौराणिक कथा, प्राचिन लोक सास्कृतिक सम्पदाहरुको बृहत खोज अध्ययन गरि बुकलेट प्रकाशन सहित अभिलेखिकरण गरिने छ र त्यसलाई विश्वव्यापिकरण गर्न वृत्त चित्र निर्माण गरिने छ ।
९. साँबा स्मारक÷शालिक ः पुर्खाहरुले रोजेको, चर्चेको र आर्जेको ठाउ साँबा गाउ भएकोले आफ्नो पुर्खाहरुको मान सम्मान गर्नु साँबाहरुको दायीत्व हो । ऐतिहासिक तथ्यको आधारमा पुर्खाहरु पहिचन गरि साँबाहरुको माङगेन्ना यकको कम्पाउन्ड भित्र पुर्खा पहिचानगरि उसको शालिक, लिम्बुवानका बहादुर सेना द्घय सिपा र फाक्तेको शालिक साथै सबै उपथरगत सम्र्पुण साँबाहरुको लागि साँबा स्मारक बनाउने योजना रहेको छ । फङफङदेनमा दैविशक्ति उत्पति गराउने पालचित्रको शालिक, इ्रम्फोम्मादेनमा तुङदुङगेको प्रतिमा र मिक्वा वहङबाट फक्ताङलुङ ढुङ्गा बोकेर ल्याई गाड्ने कत्वालको शालिक बनाउने दिर्घकालिन योजनाहरु रहेको छ ।
१०. उपथरगत सस्थाको सम्र्पक कार्यालय ः साबा मिङस्रा भित्र उपथरगत रुपमा चङवाङ साँबा, लुङहिम साबाँ ,फेयङ साँबा, मिक्केङदाङ साँबा, मादेन साँबा , मदेन्छङ साँबा,फेन्छङवा साँबा, कोइदाङबा साँबा, तङदप्पा साँबा र लेक्वा साँबा रहेका छन । यी सबै साँबा उपथरहरुको माङगेन्ना यक लिङथाङमा यक भएकाले उक्त ठाउमा उनिहरुको सम्पर्क कार्यालयहरु बनाईने छ ।उपथरगत सस्थाहरुलाई ५÷५ आना जमिन उपलब्ध गराउने र आफै एक एक वटा परमपरागत लिम्बु घर बनाउने छन अथवा १५ कोठे एउटा ठूलो भवन बनाएर सवै उपथरगत सस्थाहरुलाई व्यवस्थापन गरिने छ ।
११. पुस्ताकालय र याक्थुङ संग्रहलाय ः माङगेन्ना यकको कम्पाउण्ड भित्र मिक्वाखोला गाउपालिकामा राष्ट्रिय स्तरको पुस्तकालय स्थापना गर्ने साथै लिम्बु जाति र नेपालमा बसोवास गर्ने सबै जातिले प्रयोग गर्ने गरगहना भेशभुषा तथा याक्थुङसंग सम्बन्धित सामग्रीहारुको एक संग्राहलय निर्माण गर्ने दिर्घकालिन योजना रहेको छ ।
१२. साँबा पर्यटकीय क्षेत्र घोषणा ः साँबाहरुको माङगेन्नयक , हाङचुम्ब्रङ,इम्फोम्मा देन, तङदतलम्बा, साःथी फुक्कु, फङफङदेन झरना, फङफङदेन देवि, येत्चेल्लेङ लगायतका ठाउहरुको पुरानो संरचनाहरुलाई संरक्षण गर्दै पर्यटनको थप आकर्षक संरचनाहरु निर्माण गर्न साँबा पर्यटन क्षेत्र विकास समिति गठन गरेर वुद्घिजिवि,विभिन्न संघ सस्था,राजनैतिक दलहरुसंग परामर्श गरि स्थानिय गाउपालिका,जिल्ला समन्वय समिति,प्रदेश सरकार र संघीय सरकार लाई ‘‘साँबा पर्यटकीय क्षेत्र ’’घोषणा गर्न पहल गरिने छ ।
१३. साँबा जाऊ अभियान ः साँबाहरुको पुर्खाैलि थातथलोबाट बसाँइ सरेर वा अन्य विविध कारणले अधिकांश साँबाहरु आनो थातथलो बाहिर देश विदेशमा बसोवास गर्दछन । अभिकांशलाई आफ्नो थातथालो, माङगेन्ना यक र बंश नै थाहा नभएकोले आफ्नो थातथलो देखाउन , आकर्षित गराउन र उत्प्ररित गराउन वर्षमा अनिवार्य एक पटक साँबा जाऊ अभियान सञ्चालन गरिने छ ।
अन्त्यमा
लिम्बु जातिको अग्रज÷मानकहरु (जस्तै ः फेदाङमा, साम्बा, येबा ,येमा, युमा, विद्धान तुम्याङहाङ )ले सुनेको, देखेको ,लेखेको र निरन्तर भन्दै आएको मुन्धुम र उनिहरुलाई हम्रो सन्दर्भ सामग्रीको रुपमा मान्दै आनो पुर्खाहरुको जगमा उभिएर यक्थुङबाहरुले आनो बंशलाई निरन्तरता दिदै आएका छौ । पुर्खाहरुले देखाएको बाटोमा हिड्नु र आत्मा सम्मानका साथ वंशलाई निरन्तरत दिनु नै पुर्खाहरुको मान र सम्मान हो । याक्थुङ मुन्धुम, पुर्खा र पुर्खाहरुले रोजेको, चर्चेको, आर्जेको गाउ ठाउ र सम्पदाहरुलाई संरक्षण ,सम्वर्धन र विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा साँबालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने महान अभियानमा सम्लग्न हुने सुनौलो अवसर पाउनु हामि साँबा र लिम्बु जातिको सौभाग्य हो । यो अभियान आफैमा लिम्बु जातिको पहिचान संगै जोडिने भएकोले समाजका प्रभुद्घ व्यक्ति तथा विभिन्न संघ सस्था वा प्रतिनिधिहरुबाट आनो राय, सल्लाह, सुझाव सहित चेचना र उत्प्रेरणा प्राप्त हुने अपेक्षा राख्दै साँबा बंशका बन्धु र छोरीचेलिहरु समक्ष जग्गा हुनेले जग्गा दान, पैसा हुनेले पैसा दान, वद्घि हुनेले विवेक दान, केहि नहुनेले श्रमदान गरि यो महान अभियानलाई सफल पार्न आर्थिक,भौतिक एवं जिन्सि सामग्रीहरु सहयोग गर्न र गराउन ‘साँबा मिङस्रा सङ्चुम्भो’ केन्द्रीय समिति हार्दिक अपिल गर्दछ ।
“पुर्खाको मान बंशको शान” । वीर पुखाहरु ः अमर रहुन !
साँबा बंशको ः जय होस ! साँबा बंश एकता ः जिन्दाबाद ! साँबा मिङस्रा सङ्चुम्भो ः जिन्दावाद
साँबा मिङस्रा सङ्चुम्भो केन्द्रीय कार्य समिति मिक्वाखोला गाउँपालिका साँबा, नेपाल
नोट:-ब्रोसर प्रयोजनको लागि मात्र
ब्रोसर तयारी:- धनबिर साँबा /धनजीत साँबा
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter