रेडियो

कोरोना माहामारीका कारण भएको लकडाउनबाट काठमाडौं उपत्यकामा रहनुहुने दैनिक श्रम गरी गुजारा गर्नुहुने, कमजोर तथा विपन्नवर्गका ताप्लेजुङवासी धेरै जना संकटमा पर्नुभएको छ। तिनै संकटपुर्ण समस्यामा रहेका उपत्यकामा रहनुहुने ताप्लेजुङवासीहरुका लागि यो “आपतकालीन राहत कोष” स्थापना गरिएको हो। ताप्लेजुङ सरोकार केन्द्रले ( Taplejung Sarokar Kendra ) स्थापना गरेको “राहत कोष” मार्फत धेरैले सहयोगका लागी संपर्क गर्नुभएको छ।
दैनिक श्रम गर्ने श्रमिकहरुको अवस्था त निकै सकसपुर्ण छ नै। कतिपय विद्यार्थी भाई बहिनीहरुको पनि अवस्था संकटपुर्ण रहेको देखियो। यस संगै सामान्य पेशा व्यवसायमा रहनेहरुमा पनि संकट हुदै गएको छ। यसबेला सके सम्म सहयोग गरेर अप्ठ्यारोमा विपत्तीको बेला जिल्लावासीहरु माझ सुख दु:खको साथी बन्नु हाम्रो कर्तव्य हो।

तस्बिरमा संस्थाका अध्यक्ष,कोषाध्यक्ष र सदश्य


हाम्रो प्रयास सानो प्रयास मात्र हो। यो कोष पनि केहि सहयोगी मनहरु आफैले छाक काटेर संकलन गरि जम्मा गरिएको छ। हाम्रो यो प्रयासमा हामीलाई माॅंया गर्नुहुने सहयोगी हातहरुले स्वेच्छिक रुपमा सहारा बनेर सहयोग गर्नु भएबाट हामीलाई थप हौसला भएको छ। यस संगै राहत पाउनुहुनेहरुबाट सरोकार केन्द्र प्रति गर्नुभएको भरोसा र ब्यक्त गरिएको श्रद्धाले निकै गम्भीर र भावुक पनि बनाएको छ।
अति संकटमा पर्नु भएकाहरुलाई संभव भए सम्म सहयोग गर्ने कोशिस रहने नै छ। लकडाउन लम्बिएको कारण सिमित स्रोतले दैनिक गुजाराका लागी समस्याग्रस्त बन्दै जानुभएका उपत्यकामा रहनुभएका जिल्लावासीको समस्यालाई कसरी भरथेग गर्ने भन्ने चिन्ता पनि बढ्न थालेको छ। तथापी यो विपत्तीमा सारथी बनेर थुप्रै सहयोगी हातहरु हाम्रो साथमा सहयात्री बनि रहनुभएको छ। तीनै सहयोगी मनकारी मनहरुको साथमा आपतमा रहनुभएका जिल्लावासीहरुको साथमा रहने आशा गर्दछौं।
राहत कोषमा हाल सम्म प्रतिबद्धता र जम्मा भईसकेको रकम:-

रु २,७६,८८०/- रहेको रकम मध्ये रु १,८८,३८०/- संकलन भएको छ।सो कोषबाट ११६ परिवारका ४०१ जनालाई रु २,४७,२४०/- बराबर रकमको राहत सहयोग गरिएको छ।चामल एक बोरा (२५ देखि ३० kg) दाल १,२ kg नून १ kg र १ लीटर तेल प्रति परिवार (संख्याका आधारमा) राहत वितरण गरिएको छ। हाल सम्म जम्मा चामल २९९०kg, दाल २२२ kg नून ११६ kg र तेल ११६ लीटर वितरण गरिएको छ।

तस्बिरमा संस्थाका राहत टोलीका जिम्मेवार सदश्यहरु


यो पुण्य कार्यमा सहयोगी हातहरुको सहयोग निरन्तर रहने अपेक्षा पनि राख्दछौॅ। राहतका लागी बिशेष रुपमा आर्थीक सहयोग गर्नुहुने माननीय मंत्री योगेश भट्टराई, सेर बहादुर लकसम्बा (हङ्कङ), लोकेन्द्र आङ्बुहाङ (हङ्कङ), छिरिङ सेर्पा ( सेर्पा संरक्षण समाज नेपाल) लगायत सबै सहयोगी मन र वितरण कार्यमा अहोरात्र खट्नुहुने सम्पूर्णमा हार्दिक आभार र धन्यवाद ब्यक्त गर्दछौं।
फेरि पनि सबैको साथ, सहयोग, मॉंया र सदभावको लागी हार्दिक अनुरोध गर्दछौं।

चित्रगुप्त साॅंबा
अध्यक्ष
ताप्लेजुङ सरोकार केन्द्र,काठमाडौ
TACC

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu