फङफङदेन पर्यटकिय क्षेत्रको गुरुयोजना ।
श्रोत चित्रगुप्त सावाँ
ताप्लेजुङको फङफङदेन पर्यटकीय क्षेत्र आफैंमा एक सून्दर टापु हो। ताप्लेजुङ सदरमुकामबाट कच्ची मोटर बाटोबाट २/३ घण्टामा पुगिने फङफङदेन झरना र क्षेत्र निकै सुन्दर छ ।
फङफङदेन मन्दिर क्षेत्र र झरनाको सौन्दर्यीकरण गर्दै विकास गर्न पर्यटन मंत्रालयको पर्यटन विभागबाट गुरुयोजना र DPR तयार हुने क्रममा छ । त्यसका लागी केहि दिन अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारी,सामाजिक अभियान्त्ता तथा नेता चित्र गुप्त सावाँ र सोही बिभागका कन्सल्ट्याण्टका प्राविधिक टोली सर्भेका लागी त्यहा पुगेको थियो । प्रविधिक टोलीले उपस्थित स्थानीय समुदायसंग निम्न राय संकलन गरेको छ ।
१, झरनाको वारीपारी चार स्थानमा Viewpoint बनाउंने ।
२, झरनाको Base मन्दिर क्षेत्रबाट झरना (छांगा) स्थल सम्म पुग्ने दाँया वॉंया पदमार्ग निर्माण ।
३, झरना झरि सकेको Base बाँट झरनाको पानी दुई नदीको रुपमा छुट्टीएको स्थान सम्म Case Cate बनाउंने ।
४, झरनाको पानी दुई नदिमा विभाजीत भएको स्थानबाट मिक्वाखोला नदीमा मिसिएको दुवै तर्फको नदीमा Retaining wall/River training गर्ने ।
५, झरनाबाट आएर नदी छुट्टीएको स्थानमा एक आकर्षक पोखरी निर्माण ।
६, नदी छुट्टीएर बगेको दक्षिण तर्फको नदीको मन्दिर पछाडी स्थानमा पौडी खेल्न र स्नान गर्न मिल्ने पोखरी निर्माण गर्ने ।
सेतो घेरा लगाएको मन्दिर क्षेत्र
७, मन्दिर पुग्न अगावै दक्षिण तर्फको नदीबाट छुट्टीएको सानो पानीलाई सौन्दर्यीकरण गरि आकर्षक बनाउंने ।
८, झरनाबाट झरेको पानी दुई नदिमा विभाजीत भएको स्थानमा २०० फिट अग्लो झरना View tower बनाउने ।
९, झरनाको वारीपारी निर्माण भएको View Point जोड्ने र त्यसबाट झरनाको दृष्यावलोकन गर्ने एक Arch Bridge निर्माण गर्ने ।
१०, मिक्वाखोला नदीबाट मन्दिर क्षेत्र तथा झरना झरेको Base स्थानलाई कटानबाट संरक्षण गर्न मन्दिर क्षेत्रको पश्चिमी क्षेत्र मिक्वाखोलामा Retaining wall लगाउंने ।
११, झरना र मन्दिर मिक्वाखोला पारी पश्चिम एक View Point र मन्दिर क्षेत्रबाट त्यहॉं जान एक झोलुंगे पुल निर्माण ।
झरनाको पच्शिम पारी बाट देखिन्ने दृष्य
१२, झरना तथा मन्दिर क्षेत्रबाट ५००/६०० मिटर जति उतर मिक्वाखोला वडा नं ४ हावा घर र वडा नं ५ रमिते जोड्ने पर्यटकीय झोलुंगे पुल निर्माण गर्ने ।
१३, झरना तथा मन्दिर क्षेत्र नजिक दक्षिण तर्फको तेम्बा गाउंमा होम स्टे विकास गर्ने ।
१४, होम स्टे संचालन गरिने स्थानमा एक हेलीप्याड र सो स्थानबाट झरनाको Base स्थल सम्म जाने पैदलमार्ग निर्माण ।
१५, उपर्युक्त स्थानमा प्रवेशद्वार र बस पार्क
१६. फङफङदेन झरनालाई राती पनि हेर्न मिल्ने गरि Lighting ब्यवस्था गर्ने ।
१७, मन्दिर क्षेत्र तथा झरनाको Base स्थानमा रहेका मुर्ति, पाटी पौवा, शिलालेखहरु दुई /चार सय बर्ष पुराना भएकोले पुराकात्विक हिसाबले महत्वपुर्ण हुनाले तिनीहरुको संरक्षण गर्ने ।
१८, फङफङदेन झरनाको दक्षिण तर्फ नजिकै रहेको साथी फुक्को ओडार र वोदान फुक्को (फङफङदेन गुफा) लाई आकर्षक बनांउने ।
१९, फङफङदेन वधानको ऐतिहाॅंसिकता साॅंबा वंशहरुको उत्पति र मुन्धुमसंग जोडिएको छ। साॅंबाहरुको उत्पतिसंग जोडिएको मांगेनायक, ईन्फोमादेन (दुङ्दुङ्गे) हाङ्चुम्ब्रुङ (राजसभा स्थल), लुङहिम्बाको घरको भग्नावेश, राजदण्ड,शिलालेख जस्ता ऐतिहाॅंसिक महत्वका सांस्कृतिक संपदाको संरक्षण गर्दै फङफङदेन पर्यटकीय क्षेत्रसंग जोड्ने ।
२०, फङफङदेन क्षेत्रको ऐतिहाॅंसिकता, पर्यटकीय भर्जिनिटीलाई कहिं कतैबाट अतिक्रमण हुन नदिई यो क्षेत्रलाई सुन्दर पर्यटकीय क्षेत्रको रुपमा संरक्षण गर्ने र स्थानीय जनताको समृद्धीसंग जोड्ने ।
२१, क्रमश zipline, Rock Climping, Boting, Touris information service निजि लगानी कसरी भित्राउन सकिन्छ र पुर्बी नेपालको आन्तरिक तथा बाहाय पर्यटकको रोजाईमा पर्नको लागि नमुना पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने ।
फङफङदेन पर्यटकीय क्षेत्रको गुरुयोजना र विकासका लागी चासो तथा पहल गरिदिनु हुने पर्यटन मंत्री माननीय योगेश भट्टराईलाई मिक्वाखोलावासीका तर्फबाट बिशेष धन्यवाद दिनुपर्दछ। यस संगै तोप्केगोला, सोदु पोखरी पर्यटन बिकास र लोदेन क्षेत्रमा शिकार आरक्षण, सिम्बुक- लोदेन-तोप्केगोला पदमार्ग (ग्रेट हिमालयन ट्रेल जोड्ने) कार्य पनि यसै बर्ष सुरु हुनेछ।
सबैको थप सुझाव सल्लाहबाटै त्यो क्षेत्रको विकास संभव छ।
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter