रेडियो

दुङदुङगे साम्माङ चोक्मा/खमा मुन्धुम

(खस नेपाली भाषा अनुवाद)

इम्फोम्मादेन, फक्ताङलुङको (साम्सिङगोमा) तुङदुङगे साम्माङ पहिलो पल्ट प्रगत भएको ठाउँ ताप्लेजुङ जिल्ला मिक्वाखोला वाड न. ४ साँबा

अब तिमी त्रिवेणीदेव कोकाहाका कान्छाछोरा दुङदुङगे देव सावा देवले विउ विजन यार म भनी जाँदै गर्दा तिम्रा बाबुले तिम्रा दाजुहरुलाई शक्ति वरदान वाँढी अकेले तिमी फर्की आई आफ्ना बाबुसँग मलाई चाहि शक्ति वरदान दिएनौ अब देउ  भनी विन्ती गरी शक्ति मागेकोले तिम्रा बाबले पनि हे मेरा कान्छा तिमीले पनि म बाट शक्ति वरदान पायौ भनी अशिर्वाद दिई तिम्रा बाबु दाजु ओरालो लागे । अनि तिमी बंश कोकाहाका कान्छा छोरा त थाक्सुवा, सोगवु लेगुवा पिखुवा, कुरुले जल्हारा वेल्हारा पाख्रीवास मैदान माथि रमिता हेर्दै डुल्दै खम्बुगाउँ याख्खागाउँ बाट अरुणा बरुण नदि डुल्दैरमिता हेर्दै डुल्दै खम्बुगाउँ याख्खागाउँबाट अरुण वरुण नदि इदै रमिता हेर्दै बाहबिसे, कोशुवा, संजीक, सिगेदिम्बा,याङखङवा, तिराफारा, चिेदेन, साम्धोक ककेथोक गाउँ नाम पुकार्दै उकालो लाग्दा ठुला पहाड कान्दया ओडार चिन्दया ओडार खडखड पहाड एक पटक रमिता गरी मैवा खेला लेजामा, साइलुडवा, हाङफाबूङ, थोप्रा,  चिनेदुडवा नाम पुकार्दै नेरुवा खोलाको नाम पुकार्यौ, तमर नदी पार गरी पिरिडगढीमा पुग्यौ मास्वा रानीसँग बोल्न खोज्दा तिनीहस्ते तिमीलाई गिज्याए । तिम्रो अपमान गरी तिमीलाई खाए त्यसकारण तिमीले मास्वा हो तिमीहरु नफैलाने  अपुतालीहरु हौ भन्यो तर जाज यहाँ तिमीले त्यस्तो श्राप दिले बाटो नलिदेउ । यी उपकार गरिने तिम्रा बालबच्चाहरु हुन । यिनीहरुलाई आयु आशिवांद वरदान देउ ।

तीन बर्षे भाले र तीन बर्षे बोका (तस्बिर:-धनबिर साँबा भुटान)

त्यसधि तिमी चोकमा खाम, जैवादो, हुँदै उकालो हातीखावा मुसून्या खेंसुल्या, सिजेपोमा, गर्ज्याढुगे, चेस्फीमा खोला, दोबाटे, त्रिवेणी दीबाटे औडार पार गरी भिरपहरामाथि दुडदुडे भई नाच्दै घुम्दै रमिता हेर्दा पूर्व तर्फ सखुवा खोला दाहिने देब्रे रमणीय सृष्टी गरी फकियौ । तिम्रा फर्कने बाटो दोबाटो, ढुगे, सिजेपोमा, उधो मैवाखोला पिरिडगे गर्दा हाडवा दोभानबाट उकालो ओख्राबु याङख्राबु पर जाँदा सुलुम्भी, सान्यावारक, सिरेन सोरेक नाम पुकार्दै दिङला साप्ला लिडतेप्मा हाडगम्बा सयस्वा, नाम पुकायौं, मुडवा, साइसोडवा थुकयुमा थुडतेन्बे पेवा, चेन्चेला, साम्सोइबुड, नाम पुकायौँ र खेला तयौगरेयेप्पो, सुडतुडवा, लुङगुवा. फोफोवामा एक पटक पुगी लिवाङहरुलाई बोलायौ लिवाङहरु जाँड र भातमा मस्त भएकाले तिम्रो वास्ता गरेनन् र तिमीले ती लिवाडहरुलाई लेठेप्रो, अधबेर्स्रो नाम लगाई दियो । त्यसपछि तिमी साम्यो सभ्यो पुग्यो । तीन दिनसम्म पवित्र रुपमा प्रकट भयो । सबैले तिमीलाई बोलए च्याबुकी क्यावो सानछोलो, निदुकी साम्दिक क्यों साल्छोली सिजाम्फाम्फो मिज्ञास्फाम्फो भनेर भर्कियौ । सोने पाडने चङलाङ यईक्पा नाम पुकार्यो र सुद्ध सँग प्रकट भयो र बोलं थाल्यौ । सबै साँबा दाजुभाईहरु भेला भएको ठाउँमा एकजना ओमदिन साँबाले तिमी दाजु हौ कि भाई कता जाने भती सोधे- अनुनय बिनायसँग बिन्ति चढाए म त् बोली सिद्धि भएको शक्ति पाई आयु वरदानको धनि बालबच्चा नहुनेलाई बालबच्चा समेत दिन सक्ने अपुताली बाट बच्चाउने ढाल दरवार भिरेर हिड्न मन पराउने देव हु (भगवात है भनी बतायौ) । पवित्र चोख्खो जोडी तङबा जोडी पिपा कलस अक्षता दियो, ढाल, तरवार चङमा सजाएर १०८ तरमा को लहर सजाएर तीन बर्ष भाले तीन बर्षे बोका सँग मलाई मान भाउ गर मेरो पुकार गर भनि भन्यौ र त्यसैले त्यहाँ भेला भएका साँबाहरुले तिमीलाई तिमीले भनेझैँ गरि तिम्रो पुकार गरे । तीन वर्ष बोका, तीनबर्षे भाले, तोर्मा,ददिरा,खुकुरी,ढाल तरवार,ढोल सँग पबित्र बनाई आठ नौ फन्को पुरा गरे र तिनीहरलाई तिमीले शक्ति प्रदान गर्यो । अब हामी पनि बिहानी पखबेलुकीपख समय समयमा बीलाउछौ आउ है तिम्रा अगुवा, पछुवा, चिगोरो, निगोरी देवपुत्रहरुसँग तरमा कृलित्या थामसँग १०८ कुयुस थामसँग रातो सेतो खुकुरीसँग सामुन्नेमा पवित्र थानमान गरी आठ नौ फन्कों पुरा गरे । आठ नौ देव बिहान हुँदा सुनकेवराफलले सोभायमान देवतुल्य देवमित्रहरु सँग बेलुकी हुँदा तिम्रा पुकार गर्ने तिमी सँग बात गर्ने तिम्रा दुतलाई तिमीले ६ पटकसम्म बोलाउँदा पनि तिम्रो धतमान नगर्दा बहुलाउने, धतुराउने, छारेरोगी अपुताली पायौ । अनि पुनः नचिनिने भएर प्रकट भयौ । अब त्यसरी गाली श्राप दिन छाड । अघि तिम्रो मान भाउ गर्नले सातभाउ गर्दा राम्रो शक्ति आशिष प्रदान गरेका थियौं । त्यसरी नै आज यस घर परिवारले तिम्रो मान भाऊ गर्दैछन् यिनीहरु लाई राम्ररी संरक्षण गर, जोगाउ आशिष वरदान शक्ति देउ है त्रिवेणी, वराह कोकाहाका कान्छा छोरा अघि चन्द्रसूर्य मुती बनाई लाउक्या लारोम्मा सेल्लेफिरी नाधेक्चुड नाम लगाई पावा भावा, उदलोवा तुम्बाडयक्मा, तेम्बा नाम धारण गरी आशिवाद दिदा तिम्रो आशीर्वाद लागेना त्यसपछि ओरालो लाग्यौं फेफे वायक्मा. फडफड देम्मा, आरीतुरी पाडलो, सेन्भामा, सेचम्मा नाम धारण गरी इसवा याडसूवा नाम धारण गर्यी । शक्ति प्राप्त गरे यहाँ पत्ति आशिष बरदान माग्दै छन् शक्ति वरदान देउ है जब फेरी तिमी बलिङमा, सालिडमा, वादड खेच्या, सामुमचे, याडमुचे, नाम धारण गरी खोला तयौ सिडचडमा, वादङ खेच्या, सामचे, बाङमुचे, नाम धारण गरी खोला तर्यौ सिड़चडमा, चखांगे , पीजाङजाङड, पुराजेक, पाङलाजेक , चङख तसिला मिक्लानेम्मा नाम धारण गयाँ । आङको फेदेम्बे (कोचे तेखे। मा एकरात बास बस्यौ र आठ दिन पवित्र भई प्रकट भयौ पापुङ मैदानमा बात मार्यौ रमिता हेर्यौ चाङचुकी क्यावो सान्छोलो कडेवी क्याबो सान्छोलो मिज़ास्फामको भन्यौ । अनि त्यहाँबाट फर्के सापम्मा उत्तीबुङ नामाबुङ गाउँलाई देवस्थान घोषणा गरी डाँडा काटी पार तर्यौ र औँखी डाही छेकथुन गर्यौ त्यसरी नै यस उपकार गरिनेहरुको पनि आँखी डाही छली देउ है गुराँस, हाङगीफेक यासिङग्रायक, छेदीङवाना,नाईयाक्सा,वालेङथावा,आदि फुङबिसे,पाङबिसे,पेकोनेमा, नाम लगायौ र फर्कियौ । यसरी फर्कंन्दा तरुनीसँग वनका वन देवीसँग भेट भयौ र आठदिन सम्म साथी संगी भई जोडी बस्यौ । यो पनि आशिष वरदान माग्ने ठाउँ हो । आशिष वरदान छे भने साधु हस छैन भने साथी हस लगाई देउ । अब सावा देव दुङडुङगे देव यहाँबाट ओरालो लाग्यौ अब तिम्री तरुनिले तिमीलाई आखी लाए पनि आँखा लाउने ठाउँहरु सिगारा माथि ज्ञाउ, पालुङखोला. भोजी खजुमा, मि मुक्मा ताइछाङमा हात्तीरुम्बा, हरु तिम्रो खेली खानेठाउँ घोषणा गर्यो र पालुङ भाले ठाउँमा पुंगी चार दिन बितुनजेल प्रकट भयौ पवित्र भई उभियौ । चम्बुक मैदानमा तिम्रो नजर पर्यो र त्यस ठाउँमा तिमीले बोलाउँदा तिमीलाई पनि बोलाए । चाडबुकी क्याबी सान्छोलो पालुङली क्यानो सान्छोलो । यीजासम्फो, मिजाम्फाम्फो । त्यसबाट तिमी वराह कोकाहको छोरा दुडूदुडू देव त चारदिनसम्म प्रकट भयौ । मिरुक्मा पाक्वामा, कामरुङ, सङखडलुङ्ग, तङखडलुङ्ग, तवोरोपा, नेवोरोपा, तामाकरण गरी तिम्रा देवस्थललाई सफा नुहाई दियौ, त्यसरी नै नानीहरुलाई पनि सरक्षण गर्न, यहाँबाट फर्कियौ । चारमागे पमेनामाफेरी पुग्यो ।

दुङदुङगे साम्माङ अनुष्ठान गरिन्दै एक दृश्य (तस्बिर:-धनबिर साँबा भुटान)

ताङवारा पेङवारा पहाड नाग्यौ थुङथाप, साप्पोन, याङदोरा उम्फक्मा पहाड़ नाम र लुङपाडे लुरा पवित्र स्थलमा दिन रात तिम्रा माला तरवार, ढाल बन्दुकसँग चित्र लासो थापी तरमा कुदिल्ला राखी तदुरा राखी जीवन रुपी राता सेता फुलसँग आयु बरसात. आशिष, थाप्न थुन्से सोग भद्र भलामी बसेको ठाउमा साम्बाहरुले तिमी वाराह कोकाहादेव दुङडुङगे देव सावा देवसँग आयु वरदान मागे जस्तै आज शुद्ध पवित्र तिम्रो ओछ्यान लासो ओछ्यान मान भाउ गरेको छ है तिम्रो मान पुरा भयो भाउ पुरा भयो । जोडी तोडवा जोडी पिपा कलस राखी बस मितिमा यस मैनाका धनीहरुले बेलुकी पंख, घाम अस्ताएको बेला यस घर मुलि फलानाले तिमीलाई पुकारा गर्ने बेला है पुकारा गर्दै छ । जोडी जाँडको तोडवा जोडी पिपा, कलस धूपको वास्ता दियौ तिम्रो मानको थान थपना पुरा गर्यौ नगरा, ढोल राख्यौ । तिम्रो स्वागतको लागि भाले पति चढायौ चाडचूकी क्याबो सान्छोलो (तीन पटक भनेर बोकाको पुच्छरको रौ थालमा चढाउने । पुनः पालुङगी क्याबो सान्छोलो (फेरी तीनपटक भन्दै बोकाकों ढाडको रौ थालमा चढाउने ) कड़वी क्याबो सान्छोलो (फेरी तीनपटक भनि टाउको को र जुरोकों रौ वचढाउने । अन्त्यमा साम्दुकी क्याबो सान्छोलो (फेरी तीन पटक दाउको रौ थानमा चढाउने) अब तिमी अघि तिमरो अवस्थल चांङबुका मैदान सिम्सार तुल्ला तिमीलाई लासो चढाए जस्तै आज यस घरका धनीहरुले तिमीलाई तीनबर्षे बोकासंग तिम्रो मान भाउ गरे मान भाउ पुर्याए । तिमीलाई तिम्रो स्वागतको लागि भालेपनि दिएका छन् । तिमीलाई तिम्रो मन पर्ने खानपिल हातहतियार राखी भोग दिएका छन् । मलाई तिमीसँग बातमार्न दुल बनाएको छ । यस दुतको कुरा सुनी यस घरका मैनामका धनीहरूलाई राम्रो सरक्षण गर्न आयु, वरदान देउ, देवताहरु नरिसाई जोगावट, बहुलाउने, धतुराउने, छारेरोग आदिबाट जो सरक्षण गर्न कुनै भरी मर उ अकाल मृत्यु बाट जोगाउ देउता सधै दाहिना पारीदेउ । यस दुतले बोली बिन्ती अनुरोध गरे नै यस घरधनीहरुले पुकार गरे । पुकार सुन अब भोग दिदै छु । भोग ग्रहण गरे है । (जिउँदो बोकाको मुटु र मालेको मुटु झिकी थानमा चढाउने) अब तिमी दुङदुङगे देव सावा देवले भने बमोजिम तिमो प्रथम पटक मानराख्ने तिमीलाई चिन्ने सु लुडदिङ साँबाहरले तिमीलाई भोग दिए अनि तिमीले बुद्धि दियौ ।

आशिष वरदान दियौ र फर्कियौ । यिनीहरू पनि वराह कोकाहदेवको कान्छो छोरा दुडदुङगे देव साँवा देव तिम्रो बाबु त्रिवेणी देव वराह कोकाहसँग बाल माग्ने तिम्रो विचार भई हिडौ पवित्र चाड के मैदान, निला तुरा, लुङपाङभे, तसराखा, खुम्लाम्दो, अरुण, वरुणा, थाम्बीना, पहाड नाघ्यौ । चाम्दाडवा, हटिया, बासुखोरा, सिडसापोती, खरना, हिंदाङमा, थुप, पाख्रिबास, पाङमा, अरुणा वरुणा सतिघाट लाइकुम खम्बु गाउँ कुस्ले, पिल्बोटे, पिखुवा लेखुवा, सगपु बाट त्रिवेणी वराह कोकाह तिम्रा बाबु भएको ठाउँमा मेजमान दिए । भोग दिएको भारीसँग पुगी है बाबु म त लिम्बुवान पहाड पर्वत सबै खोलानाला घुमे यसरी घुम्दा मिक्वाथुममा स:लुङदीङ साम्वाले मलाई तीतवर्ष पुग्ने गन्धे बोका भोग दिए ठूलो भालेले स्वागत गरे र म सँग आशिर्वाद मागे भनी भन्यौ । तिम्रा बाबुले पनि तिमीलाई है मेरा छोरा तिमीलाई लिम्बुवानमा स:लडदिङ्ग साम्बाहरुले मानभाउ गर्दछन् भने उनीहरुलाई पनि प्रगति गराउ, छोरा मागे छोरा देउ, सन्तान मागे सन्तान देउ सरक्षण गर यदि उनीहरुमा आँखी डाही इश्यां छ भने दोदर, अकाल मृत्यु, सोहे, जागीत्राले दुःख दिएको छ भने सबै भगाई देउ आयु वरदान माग्दछन् भने आयु वरदानदेउ भनी माने जस्तै यस उपकार गरिने घर, मैनामका धनीहरु फल्न् फुल्ल, शुभलाभ, संरक्षण मान्दछन् तिमीसँग बात गर्ने तिम्रा दुतले हातजोडी विन्ती गरेको छ । नमस्कार ।

 

चङवाड़ साँबा बंशावली २०६६

यो मुन्धनको संकलन कर्ता नन्द प्रसाद चङवाड़ साँबा ।

अनुवाद भरत सुब्बा तुङखड लिम्बू धरान-१६

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu